स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने प्रस्ताव, औपचारिक निर्णय हुन बाँकी
सत्तारूढ गठबन्धनले भने स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई सुझाएको थियो।
काठमाडौं, माघ २४ : सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने प्रस्ताव गरिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसिरहेको मन्त्रिपरिषद् बैठकमा उक्त दिन देशभर एकै चरणमा निर्वाचन गर्ने प्रस्ताव गरिएकाे हो।
त्यसको औपचारिक निर्णय भने हुन बाँकी रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।
सत्तारूढ गठबन्धनले भने स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई सुझाएको थियो। स्थानीय तहको निर्वाचन यथाशीघ्र घोषणा गर्न सरकारमाथि चाैतर्फी दबाब थियाे।
प्रमुख प्रतिपक्षी दल एमालेले पनि स्थानीय तहको निर्वाचन घोषणा गर्न दबाब दिँदै आएको थियो।
निर्वाचन आयोगले भने एकै चरणमा गर्ने भए वैशाख १४ र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो।
प्रकाशित मिति: १६:०० बजे, सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

