कमल थापाले भने- आफूहरूले उठाएका माग पूरा नभए विकल्प खोज्न बाध्य हुन्छाैं
काठमाडौं, माघ २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले आफूले उठाएको माग पूरा नभए विकल्प खोज्ने बताएका छन्। आफू पक्षीय नेताहरूको सुकेधारास्थित...काठमाडौं, माघ २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले आफूले उठाएको माग पूरा नभए विकल्प खोज्ने बताएका छन्।
आफू पक्षीय नेताहरूको सुकेधारास्थित ओम दुर्गा पार्टी प्यालेसमा आज (सोमबार) आयोजित भेलाम उनले अध्यक्ष राजेन्द्र लिङ्देनसमक्ष आफूले राखेका माग सम्बोधन नभए विकल्प खोज्ने बताएका हुन्।
थापाले नयाँ पार्टी खोल्ने गृहकार्य गरिरहेको हल्ला चलिरहेका बेला भेलाले सोही विषयमा छलफल गर्ने चर्चा थियो। तर अहिले नै नयाँ दल दर्ताका लागि हतारिनेभन्दा पनि राप्रपा कसरी अगाडि बढ्छ भनी प्रतीक्षा गर्ने संकेत उनले गरेका छन्।
‘हामीले उठाएको सैद्धान्तिक, सांगठनिक र व्यावहारिक मागको विषयमा निराकरण वा समाधान खोज्ने प्रयास भएन भने विकल्प खोज्न बाध्य हुन्छौं,’ भेलालाई सम्बोधन गर्दै उनले भने, ‘स्थानीय तहको चुनावअघि माग सम्बोधन नभए पार्टीभित्र निरीह र लाचार भएर बस्नुपर्ने अवस्था आउँछ।’
शनिबार अध्यक्ष लिङ्देनले आफूलाई भेटेको सन्दर्भ प्रस्तुत गर्दै उनले भने, ‘मैले अध्यक्षसँग यिनै विषयमा कुरा उठाएको छु। यही कुरा तपाईंहरूलाई पनि जानकारी गराउन भेला आयोजना गरेको हुँ।’
‘पार्टी दुर्घटनातर्फ उन्मुख हुँदै गइरहेको र कार्यकर्तामा विचलन देखा पर्न थालेको अवस्थामा स्थानीय चुनाव हुन लागेको छ,’ उनले भने‚ ‘यही अवस्थामा अब यसको निकास नखोज्ने हो भने निरीह वा लाचार भएर यो सबै घटनाक्रमको साक्षी भएर बस्न सकिन्न।’
मंसिरमा सम्पन्न एकता महाधिवेशनमा अध्यक्ष बन्न नसक्दा उनी असन्तुष्ट रहँदै आएका छन्। उनले राप्रपामा निर्मल निवासबाट हस्तक्षेप भएको आरोप लगाउँदै आएका छन्। सो विषयमा पार्टीभित्र छानबिन हुनुपर्ने मुख्य माग उनको रहेको छ।
थापाले पूर्वराजाले राप्रपालाई रिमोर्ट कन्ट्रोलबाट चल्ने दल बनाउन खोजेको आरोपसमेत लगाए। राजतन्त्रको एजेन्डा लिएर अघि बढ्ने हो भने निर्मल निवासको हस्तक्षेप निराकरण हुनुपर्ने उनको भनाइ थियो।
उनले केन्द्रीय समिति र पदाधिकारीमा अध्यक्ष लिङ्देनद्वारा गरिएको मनोनयन असन्तुलित रहेको पनि उनले बताएका छन्।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

