Kathmandu Press

गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्छ : नेपाल

काठमाडौं, माघ २४ : एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। आज (सोमबार) बसेको...
गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्छ : नेपाल

काठमाडौं, माघ २४ : एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। 

आज (सोमबार) बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले गोर्खा सैनिक भर्नाबारे टुंगो लगाउनुपर्नेमा पनि जोड दिए। ‘ब्रिटिस सरकारले दिने पेन्सन र अरु सुविधाको कुरा मात्र होइन, गोर्खा सैनिकको भर्नाबारे पनि टुंगो लगाउनुपर्छ,’ उनले भने। 

सन् १९४८ को सम्झौताको कुनै अर्थ नरहेको उनले बताए। गौर्खा सैनिक भर्नाबारे नयाँ सम्झौता गर्नुपर्नेमा उनले जोड दिए।

जुन देशसँग सम्झौता गरिएको छ, सोही त्यो देशमा मात्र नेपालीलाई पठाउनुपर्ने तर एउटा देशले भर्ना गर्ने र अन्य देशमा पठाउने अनि बीचमा बसेर फाइदा लिने स्थिति अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। 

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्