यातायातमन्त्री यादवविरुद्ध जिप्रका रौतहटमा उजुरी
काठमाडौं, माघ २४ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ। नागरिक अभियानकर्मी तारानाथ दाहालले आइतबार डिल्लीबजारस्थित...
काठमाडौं, माघ २४ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ।
नागरिक अभियानकर्मी तारानाथ दाहालले आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत जाहेरी दरखास्त दिएको बुझिएको छ ।
२०६३ चैत ७ गते गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको घटना उल्लेख गर्दै मन्त्री यादवले गत माघ ५ गते गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएपछि उनको व्यापक आलोचना भईरहेको छ ।
मन्त्रीको उक्त अभिव्यक्तिले मुलुकी अपराध संहिता, २०७४ को दफा ३५ को कसूर गर्न दुरुत्साहन दिने र द्वन्द्व फैलाउने जाहेरीमा उल्लेख गरिएको छ । पत्रमा कानुनअनुसार हदैसम्मकोे कारबाहीको माग समेत गरिएको छ ।
प्रकाशित मिति: १५:०० बजे, सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

