एमसिसीकाे विषायमा लेखिएको पत्रबारे संसदीय समितिले छानबिन गर्नुपर्छ : रावल
काठमाडौं, माघ २४ : एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी पारित गर्ने भन्दै असोज १३...
काठमाडौं, माघ २४ : एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी पारित गर्ने भन्दै असोज १३ गते लेखेको पत्रबारे संसदीय समितिले छानबिन गर्नुपर्नेमा जोड दिएका छन्।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनले आज (सोमबार) बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा देउवा र दाहालको लेखेकाे पत्र सो समितिमा छलफलको विषय बन्नुपर्ने बताएका हुन्।
‘यो प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त रूपमा लेखेको पत्र हो। यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विषय बन्नुपर्छ,’ उनले भने।
देउवा र दाहालले पत्रमा सम्झौता अनुमोदन गर्न समय मागेको र त्यसबारे नेपाली जनतालाई जानकारी गराउन सरकारी स्रोत उपयोग गर्ने भनेर लेखेको बताउँदै उनले यसबाट नेपालको कूटनीतिक सम्बन्ध कमजोर बन्ने र राष्ट्रको स्वाभिमान झुक्ने काम भएको स्पष्ट पारे।
प्रतिनिधिसभामा विचाराधीन सम्झौतालाई लिएर पत्र लेख्ने अधिकार कसैमा नभएको उनले बताए। सो विष्यमा छानबिन भए मात्र कूटनीतिक क्षेत्रमा राम्रो सन्देश जाने उनको भनाइ थियो।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

