Kathmandu Press

क्यानडाको राजधानीमा संकटकाल घोषणा 

काठमाडौं, माघ २४ : क्यानडाको राजधानी ओट्टावाका मेयरले संकटकाल घोषणा गरेका छन् ।कोभिड–१९ को स्वास्थ सुरक्षा नियमविरुद्ध एक साताभन्दा लामो समयदेखि ट्रक व्यवसायीहरुले...
क्यानडाको राजधानीमा संकटकाल घोषणा 

काठमाडौं, माघ २४ : क्यानडाको राजधानी ओट्टावाका मेयरले संकटकाल घोषणा गरेका छन् ।

कोभिड–१९ को स्वास्थ सुरक्षा नियमविरुद्ध एक साताभन्दा लामो समयदेखि ट्रक व्यवसायीहरुले चलाउँदै आएको विरोध प्रदर्शनलाई लिएर सोमवार संकटकाल घोषणा गरिएको हो । 

Hardik ivf

“प्रदर्शनकारीहरुको संख्या बढ्दै गएकाले स्थिती नियन्त्रणभन्दा बाहिर गएको छ । यो विरोध आन्दोलन अब स्थानीय वासिन्दाको सुरक्षा तथा बचाउको सवाल पनि भइसक्यो,” मेयर जिम वाटसनले भनेका छन्  । 

टेन्ट र सवारी साधनहरु सडकमै तेर्साइएकाले ओट्टावाका सहरलाई ट्रकहरुले ठप्प पारिसकेका छन् । सरकारले प्रत्येक ट्रक चालकले कोभिड–१९ विरुद्धको खोप अनिवार्य रुपमा लगाउनुपर्ने सरकारको नीतिविरुद्ध उनीहरुले ‘फ्रिडम कन्भ्वय’ नामक आन्दोलन चलाएका छन् ।

प्रकाशित मिति: १४:३१ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्