एमसिसीलगायत विविध विषयमा छलफल गर्न माओवादी केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं, माघ २४ : एमसिसीलगायत विविध विषयमा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ।बैठक यही माघ २७ गतेदेखि बस्ने तयारी...
काठमाडौं, माघ २४ : एमसिसीलगायत विविध विषयमा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ।
बैठक यही माघ २७ गतेदेखि बस्ने तयारी भइरहेको माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले काठमाडौं प्रेसलाई बताए। सो बैठकमा केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, कार्यविभाजनबारे छलफल हुने उनले बताए।
बैठकमा एमसिसीबारे पनि छलफल हुने उनको भनाइ छ। ‘बैठकमा मुख्यतः सांगठनिक विषयमा छलफ हुन्छ, एमसिसीबारे पनि छलफल भइ नै हाल्छ,’ उनले भने।
एमसिसीको विषय अहिले पेचिलो बन्न पुगेको छ। जसका कारण सत्ता गठबन्धनमा मतभेद सिर्जना भएको छ।
एकसिसीको विषयलाई लिएर आइतबार दिनभर र सोमबार बिहान भएको माओवादी शीर्ष नेताहरुको छलफल भएको थियो। सो छलफलले केन्द्रीय कमिटीको बैठकबाट एमसिसीबारे पार्टीको ठोस धारणा तय गर्ने निर्णय गरेको जनाइएको छ।
यही माघ २६ गते प्रतिनिधिसभाको बैठक बस्दैछ। सोही बैठकमा एमसीसी अनुमोदनसम्बन्धी परियोजनाको प्रस्ताव टेबुल गर्ने तयारी भइरहेको छ। सो बैठकमा सो प्रस्ताव पेस गर्न नदिने तयारी माओवादी केन्द्रले गरिरहेका पनि जनाइएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सत्ता गठबन्धन जोगाउन एमसिसीको मुख्यालयलाई पत्र पठाउन बाध्य हुनुपरेको बताएका थिए। आइतबार उनको सचिवालयबाट पनि प्रचण्डको सही धारणालाई पक्षपोषण गर्नेगरी स्पष्टीकरण सार्वजनिक भएको थियो।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

