Kathmandu Press

राप्रपा पूर्वअध्यक्ष थापा पक्षीय नेताहरूकाे भेला सुरू, उपाध्यक्ष तामाङ, महामन्त्रीशाहीलगायत सहभागी

काठमाडौं, माघ २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले बोलाएको आफू पक्षीय नेताहरूको भेला चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सुरु भएको...
राप्रपा पूर्वअध्यक्ष थापा पक्षीय नेताहरूकाे भेला सुरू, उपाध्यक्ष तामाङ, महामन्त्रीशाहीलगायत सहभागी

काठमाडौं, माघ २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले बोलाएको आफू पक्षीय नेताहरूको भेला चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सुरु भएको छ।

भर्खरै सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायत नेता तथा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ।

थापाले नयाँ पार्टी खोल्ने गृहकार्य गरिरहेको हल्ला चलिरहेका बेला आज बस्ने बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ।

थापानिकट एक नेताले आजको बैठकको मूल एजेन्डा नै नयाँ दल दर्ताको तयारी रहेको जनाएका छन्। 

मंसिरमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा थापा पराजित भएका थिए। सोही महाधिवेशनपछि राप्रपाको नेतृत्व सम्हाल्दै आएका राजेन्द्र लिङ्देनले शनिबार थापालाई भेटेका थिए।

महाधिवेशनमा निर्मल निवासले राप्रपा र एकता महाधिवेशनमा हस्तक्षेप गरेको र सो विषयबारे पार्टीमा छलफल हुनुपर्ने बताएका थिए। उनले सोही विषयलाई लिएर अध्यक्ष लिङ्देनलाई दुईपटक पत्र पनि लेखिसकेका छन्।

तर लिङ्देनले सो विषयमा खासै चासो नदिएको बताइएको छ।

प्रकाशित मिति: १३:०२ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्