कतारस्थित नेपाली दूतावासले बनाउन थाल्यो विद्युतीय राहदानी
काठमाडौं, माघ २४ : कतारको दोहास्थित नेपाली राजदूतावासबाट विद्युतीय राहदानी बनाउने कार्य सुरु भएको। नेपालको राहदानी विभागबाट ‘लाइभ इनरोलमेन्ट’ गरेर आइतबारबाट विद्युतीय राहदानी दूतावासबाटै...
काठमाडौं, माघ २४ : कतारको दोहास्थित नेपाली राजदूतावासबाट विद्युतीय राहदानी बनाउने कार्य सुरु भएको छ।
नेपालको राहदानी विभागबाट ‘लाइभ इनरोलमेन्ट’ गरेर आइतबारबाट विद्युतीय राहदानी साेही दूतावासबाटै उत्पादन गर्न थालिएको विभागका महानिर्देशक डोरनाथ अर्यालले काठमाडौं प्रेसलाई बताए।
राहदानी वितरणका लागि कतारमा आज (सोमबार) देखि बुकिङ खुला गरिएको उनले जानकारी दिए।
विदेशस्थित नियोगबाट विद्युतीय राहदानी उत्पादन गर्न थालिएको यो नै पहिलो राजदूतावास भएको उनको भनाइ छ। आगामी सातादेखि मलेसियाको क्वालालाम्पुरस्थित नेपाली राजदूतावासले पनि विद्युतीय राहदानी उत्पादन सुरु गर्ने उनले बताए।
‘चौडै नै नेपाली राजदूतावास रहेका खाडी मुलुकहरूबाट पनि यस किसिमको राहदानी दिन थाल्ने तयारी छ,’ उनले भने, ‘त्यसका लागि आवश्यक सामग्री पठाइसकिएको छ। ती दूतावासहरुमा राहदानी उत्पादनका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ।’









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

