Kathmandu Press

भारतले दियो एक मात्रा लगाए पुग्ने रुसी खोपलाई अनुमति

काठमाडौं, माघ २४ : भारतले कोभिडविरुद्ध एक मात्रा लगाए पुग्ने रूसमा निर्मित नयाँ खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । स्पुत्निक लाइट नामको नयाँ...
भारतले दियो एक मात्रा लगाए पुग्ने रुसी खोपलाई अनुमति

काठमाडौं, माघ २४ : भारतले कोभिडविरुद्ध एक मात्रा लगाए पुग्ने रूसमा निर्मित नयाँ खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । 

स्पुत्निक लाइट नामको नयाँ खोपलाई स्वीकृति दिइएको स्वास्थ्य मन्त्री मनसुख मांडवियाले ट्वीट गरेर जानकारी दिएका हुन् । भारतले अहिलेसम्म यो सहित नौ खोपलाई स्वीकृति दिएको छ। 

तीमध्ये तीन खोप भारतमा निर्मित हुन्। अहिलेसम्म भारतमा झन्डै एक अर्ब ७० लाख मात्रा खोप लगाइएको विवरण सार्वजनिक गरिएको छ। खोप योग्य वयस्क व्यक्तिहरूमध्ये ७६ प्रतिशतले पूर्ण मात्रा खोप र ९९ प्रतिशतले कम्तीमा एक मात्रा खोप प्राप्त गरेको भारतीय तथ्याङ्क छ। 

गएको केही दिन भारतमा दैनिक सङ्क्रमित पुष्टि सङ्ख्या एक लाखभन्दा माथि रहे पनि यो सङ्ख्या ज्यानुअरी २० मा उच्च बिन्दुमा पुग्दा भएको तीन लाख ४७ हजारभन्दा कम रहेको बताइएको छ। (बीबीसी) 

प्रकाशित मिति: १२:४७ बजे, सोमबार, माघ २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्