नयाँ दल खाेल्ने विषयमा आफूनिकट नेताहरूसँग छलफल गर्दै कमल थापा
काठमाडौं, माघ २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका निवर्तमान अध्यक्ष कमल थापाले आफूनिकट नेताहरूको बैठक बोलाएका छन्। बैठक केही बेरमा नवदुर्गा पार्टी...
काठमाडौं, माघ २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका निवर्तमान अध्यक्ष कमल थापाले आफूनिकट नेताहरूको बैठक बोलाएका छन्। बैठक केही बेरमा नवदुर्गा पार्टी प्यालेस सुकेधारामा सुरु हुनेछ।
थापाले नयाँ पार्टी खोल्ने गृहकार्य गरिरहेको हल्ला चलिरहेका बेला आज बस्ने बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ। बैठकमा उनीनिकट केन्द्रीय सदस्य तथा पदाधिकारीहरू सहभागी हुनेछन्।
थापानिकट एक नेताले आजको बैठकको मूल एजेन्डा नै नयाँ दल दर्ताको तयारी रहेको जनाएका छन्।
मंसिरमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा थापा पराजित भएका थिए। सोही महाधिवेशनपछि राप्रपाको नेतृत्व सम्हाल्दै आएका राजेन्द्र लिङ्देनले शनिबार थापालाई भेटेका थिए।
महाधिवेशनमा निर्मल निवासले महाधिवेशनमा हस्तक्षेप गरेको र सो विषयबारे पार्टीमा छलफल हुनुपर्ने बताएका थिए। तर लिङ्देनले सो विषमा चासो नदिएको बताइएको छ।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

