Kathmandu Press

सुनको मूल्यमा १०० रूपैयाँ वृद्धि

काठमाडौं, माघ २४ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु ९२ हजार ६०० पुगेको छ। पहेँलो धातु अधिल्लो दिन...
सुनको मूल्यमा १०० रूपैयाँ वृद्धि

काठमाडौं, माघ २४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु. ९२ हजार ६०० पुगेको छ। पहेंलो धातु अधिल्लो दिन प्रतितोला रु. ९२ हजार ५०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० कायम भएको छ। जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: ११:५८ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्