Kathmandu Press

अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या

२४ माघ, इस्लामाबादः पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँचजना पाकिस्तानी सैनिकको हत्या भएको छ। पाकिस्तान रअफगानिस्तानको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा...
अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या

२४ माघ, इस्लामाबादः पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँचजना पाकिस्तानी सैनिकको हत्या भएको छ। पाकिस्तान रअफगानिस्तानको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परि पाँचजना पाकिस्तानी सैनिक मारिएको बताइएको छ।

अफगानिस्तानतर्फबाट आतंककारीहरुले पाकिस्तानी सैनिक पोस्टमा हमला गरेको बताइएको छ। पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानसँगको पाकिस्तानी उत्तरी सिमाना खैबर पाक्थुन्क्वामा सो हमला भएको हो।

आतंकवादीहरुले आफ्नो विरुद्ध अफगानिस्तानको भूमि प्रयोग गरेकामा पाकिस्तानले आपत्ति पनि प्रकट गरेको छ। साथै, सीमा क्षेत्रमा पाकिस्तानी सेनाको तर्फबाट गरिएको जवाफी कारबाहीमा ठूलो संख्यामा आतंककारीहरु पनि मारिएको सो विज्ञप्तीमा बताइएको छ।

प्रकाशित मिति: ११:४९ बजे, सोमबार, माघ २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्