Kathmandu Press

आजबाट खुले दिल्लीमा विद्यालय

नयाँ दिल्ली, माघ २४ : कोरोना भाइरसको ओमिक्रोट भेरियन्टको संक्रमण बढेपछि बन्द भएका दिल्लीका विद्यालय सोमबारबाट खुलेका छन्। ओमिक्रोटको संक्रमण बढेपछि गत डिसेम्बरमा...
आजबाट खुले दिल्लीमा विद्यालय

नयाँ दिल्ली, माघ २४ : कोरोना भाइरसको ओमिक्रोट भेरियन्टको संक्रमण बढेपछि बन्द भएका दिल्लीका विद्यालय सोमबारबाट खुलेका छन्। ओमिक्रोटको संक्रमण बढेपछि गत डिसेम्बरमा दिल्लीका सबै विद्यालय बन्द गरिएको थियो।

दिल्ली आपत व्यवस्थापन प्राधिकरण (डीडीएमए)को शुक्रबार बसेको बैठकले सोमबारबाट विद्यालय खुलाउने निर्णय गरेको थियो । यस्तै, बन्द रहेका कलेज, जिम, स्पा, स्विमिङ पुलहरु पनि आजबाट खुलेका छन्।

यसैगरी आजैदेखि सबै सरकारी तथा निजी कार्यालयहरू शतप्रतिशत क्षमतामा सञ्चालन आउने छन्। विद्यालय खुले पनि कर्फ्यू भने हाइएको छैन । आजदेखि दिल्लीमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लाग्नेछ ।

प्रकाशित मिति: ११:४६ बजे, सोमबार, माघ २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्