Kathmandu Press

चन्द्रागिरिमा हिउँ खेल्न जाँदा हराएका एकै परिवारका पाँच जनाको उद्धार

काठमाडौं, माघ २४ : नेपाल प्रहरीले काठमाडौंको चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई उद्धार गरेको छ ।हिउँ खेल्न गएर फर्किने...
चन्द्रागिरिमा हिउँ खेल्न जाँदा हराएका एकै परिवारका पाँच जनाको उद्धार
फाइल तस्बिर

काठमाडौं, माघ २४ : नेपाल प्रहरीले काठमाडौंको चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई उद्धार गरेको छ ।

हिउँ खेल्न गएर फर्किने क्रममा जङ्गलको बाटोमा हराएका उनीहरुको गएराति उद्धार गरिएको प्रहरी प्रभाग थानकोटले जनाएको छ । 

चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङको उद्दार गरिएको हो । 

उनीहरूले आफूहरूले बाटो भुलेको भनेर घरमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो ।बाटो भुलेर भिरमा बसिरहेको बेला उनीहरुलाई उद्धार गरिएको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति: ११:२६ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्