Kathmandu Press

कामपा वडा २७ कार्यालय भवन शिलान्यास 

काठमाडौं, माघ २४ : काठमाडौँ महानगरपालिकाको वडा २७ कार्यालय भवन शिलान्यास भएको छ । माघ २३ गते ज्याथा, येँगपामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले...
कामपा वडा २७ कार्यालय भवन शिलान्यास 

काठमाडौं, माघ २४ : काठमाडौँ महानगरपालिकाको वडा २७ कार्यालय भवन शिलान्यास भएको छ । माघ २३ गते ज्याथा, येँगपामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले एक कार्यक्रमकाबीच भवन शिलान्यास गरे । 

कार्यक्रममा  उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष चिनियाँमान बज्राचार्यसहित वडा सदस्यहरु सहभागी थिए । 

शिलान्यासपछि बोल्दै मेयर शाक्यले, काठमाडौँ महानगरका अधिकांश वडाले नवनिर्माण र पुननिर्माणबाट आफ्नै सुविधा सम्पन्न कार्यालय भवन प्राप्त गरिसकेको बताए ।

‘हामीले ६ वटा (३, ४, ९, १४, १८ र २६) को कार्यालय भवन नवनिर्माण गरेर सञ्चालनमा ल्याइसकेका छौँ । ८ वटा वडाको स्तोन्नति (५, ६, ७, १०, ११, १५, १७ र ३२) गरेर सुविधा सम्पन्न बनायौँ । तर, २७ वडासहित १० वटा (१, ८, ११, १३, १९, २३, २५, २७, २८ र ३०) वडामा भवन बनाउने काम जग्गा प्राप्त हुन नसकेको वा प्राप्त भएको जग्गामा विवाद भएकोले काम गर्न सकेका थिएनौँ । आज वडा २७ को शिलान्यास भयो । अरु वडाको पनि समस्या समाधान सुल्झिँदै छन् ।’ शाक्यले भने ‘खरिद प्रक्रिया र जग्गा विवाद विवाद निरुपण भए वडा भवन निर्माण गर्न केही अवरोध छैन । किनभने हामीले नीति बनाएर वार्षिक कार्यक्रममार्फत महानगरको केन्द्रीय कार्यालयसहित सबै वडा बनाउने कार्यक्रम थालेका हौँ ।’ 

कार्यक्रममा उपमेयर खड्गी श्रेष्ठले, जनताले आफ्ना लागि काम गरिदिन निर्वाचित गरेपछि त्यही अनुरुप काम गरेको बताउनुभयो । ‘निर्णय प्रक्रियामा प्रशस्त छलफल, सर्वसम्मतिबाट योजना स्वीकृत र योजना कार्यान्वयन वडालाई दिएर हामी काम गरिरहेका छौँ ।’ खड्गी श्रेष्ठले भनिन्, ‘पूर्वाधारविना गुणस्तरीय सेवा कल्पना गर्नै सकिँदैन ।’  

भवन निर्माणका लागि ३ करोड ७९ लाख २७ हजार लागत अनुमान गरिएको्मा खरिद प्रक्रियाबाट २ करोड ८० लाख ८१ हजार ६३१ रुपैयाँमा ठेक्केदारले निर्माण कवोल गरेको छ । 

वडा भवन निर्माणका विषयमा जानकारी दिँदै वडाध्यक्ष चिनियाँमान बज्राचार्यले भने, ‘सुविधासम्पन्न वडा वडाबासीलाई दिन पाउँदा खुशी भएका छौँ ।’ इञ्जिनियर अमित बज्राचार्यकाअनुसार भवन जमिन तलासहित ६ तले हुनेछ । भवनको पाँचौँ तलामा सभा कक्ष हुनेछ । करीव ४ आनामा निर्माण हुने भवनको निर्माण अवधि २०७९ पुस ३० गतेसम्म दिइएको छ । 

नेपाली शैलीको भवन लिफ्ट र र्‍यामसहित जेष्ठ नागरिक र अपाङ्गमैत्री हुनेछ । हालसम्म महानगरका वडा २, ६, १२, २२ र ३१ कार्यालयहरु निर्माण भइरहेका छन् । यीमध्ये केहीको निर्माण सम्पन्न हुन लागेको छ भने केही सञ्चालन तयारीमा पुगेका छन् । 

प्रकाशित मिति: ११:२१ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्