Kathmandu Press

कोरोनाको जोखिम कम भएसँगै भारतमा प्रतिबन्ध हटाईयो 

कोरोनाको जोखिम कम भएसँगै भारतमा प्रतिबन्ध हटाईयो 

काठमाडौं, माघ २४ः भारतले कोरोना रोकथामका लागि भन्दै लगाइएका धेरैजसो प्रतिबन्ध हटाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएसँगै भारतले प्रतिबन्धहरु हटाएको हो । सङ्क्रमण हुनेको सङ्ख्या र सङ्क्रमणदर दुवै घटेकाले आजदेखि सबै सरकारी कार्यालय खुलेका छन् भने सरकारी सेवा नियमित अवस्थामा फर्किएको छ ।

Hardik ivf

आजदेखि सबै कर्मचारी भौतिक रुपमा नै नियमित रुपमा कार्यालय जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, कार्यालयमा स्वास्थ्यका मापदण्ड भने पालना गर्नु पर्नेछ ।

यस्तै, नयाँ दिल्लीमा बन्द भएका शैक्षिक संस्था पनि आजदेखि खुल्दै छन् । दिल्लीका स्कुल, कलेज, कार्यालय लगायतका क्षेत्र खुलेका हुन् । 

प्रकाशित मिति: ११:१५ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्