Kathmandu Press

खुकुरी प्रहार गरी २ जनाको हत्या

सिन्धुपाल्चाेक, माघ २४ : सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी २ जनाको हत्या गरिएको छ। बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९...
खुकुरी प्रहार गरी २ जनाको हत्या

सिन्धुपाल्चाेक, माघ २४ : सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी २ जनाको हत्या गरिएको छ। बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको आइतबार साँझ खुकुरी प्रहार गरी हत्या गरिएको हो।

प्रहरीका अनुसार सोही गाउँका विजय तामाङले मादक पदार्थ सेवन गरी वासुमाया र सन्तवीरको हत्या गरेका हुन्। प्रहरीले विजयलाई पक्राउ गरेर थप अनुसन्धान गरिरेको छ।

प्रकाशित मिति: १०:०० बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्