ट्रकसँग कार ठोक्किँदा तीन जनाको मृत्यु
बुटवल, माघ २४ : रुपन्देहीको बुटवलमा ट्रकसँग कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।सोमबार बिहान बुटवल उपमहानगरपालिका...
बुटवल, माघ २४ : रुपन्देहीको बुटवलमा ट्रकसँग कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सोमबार बिहान बुटवल उपमहानगरपालिका १२ तामनगर नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले बताए।
सडकमा रोकिएको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको हो। तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। उनीहरुको सनाखत हुन सकेको छैन।
त्यस्तै, दुर्घटनामा दुई जना घाइते भएका छन्। उनीहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर लामिछानेले बताए।
प्रकाशित मिति: ०८:३९ बजे, सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

