Kathmandu Press

आजदेखि काठमाडौंमा विद्यार्थीलाई दोस्रो डोज लगाइँदै

काठमाडौं, माघ २४ : आजदेखि काठमाडौं महानगरपालिकामा कोरोना भाइरसविरुद्ध विद्यार्थीलाई फाइजर खोपको दोस्रो डोज दिइँदै छ।जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार, २४ माघदेखि...
आजदेखि काठमाडौंमा विद्यार्थीलाई दोस्रो डोज लगाइँदै

काठमाडौं, माघ २४ : आजदेखि काठमाडौं महानगरपालिकामा कोरोना भाइरसविरुद्ध विद्यार्थीलाई फाइजर खोपको दोस्रो डोज दिइँदै छ।

जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार, २४ माघदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डोज दिन लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई फाइजरको दोस्रो डोज लगाइने महानगरको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जनाएका छन्।

महानगरका सबै वडामा शनिबार बाहेक बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने भएको छ। यसका ३२ वटै वडामा खोप केन्द्र तोकिएको महानगरले छ।

फाइजर खोपको पहिलो डोज लगाएको २१ दिन पूरा भएका विद्यार्थीलाई दोस्रो डोज लगाउन आग्रह गरिएको छ। पहिलो डोज लगाएको खोप कार्ड बोकेर नजिकको खोप केन्द्रमा जान महानगरले अनुरोध गरेको छ।

प्रकाशित मिति: ०७:३९ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्