आजबाट काठमाडौंमा जोर-बिजोर प्रणाली हट्यो
काठमाडौं, माघ २४ : काठमाडौं उपत्यकाका सवारी साधनमा लागू गरिएको जोर–बिजोर प्रणाली आजबाट हटेको छ।काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले...
काठमाडौं, माघ २४ : काठमाडौं उपत्यकाका सवारी साधनमा लागू गरिएको जोर–बिजोर प्रणाली आजबाट हटेको छ।
काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिशका आधारमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो।
बैठकपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी छुट्टाछुट्टै आदेश जारी गरी आजबाट जोर-बिजोर प्रणाली लागू नहुने जनाएका छन्। तर, सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने आदेशमा उल्लेख छ।
त्यस्तै, सीट क्षमताभन्दा बढी यात्रु राख्नु नपाउने नियम यथावत रहेको छ। मास्क अनिवार्य, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्न पाउने गरी स्यानिटाइजर व्यवस्था गर्नपर्ने आदेशमा भनिएको छ।
यससँगै चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने, सवारी साधनलाई निःसंक्रमित गर्नुपर्ने, मास्क नलगाई आएको अवस्थामा पाँच रुपैयाँमा पाउने गरी मास्क उपलब्ध गराउनुपर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश दिन नहुने प्रमुख जिल्ला अधिकारीहरुको आदेशमा उल्लेख छ।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

