Kathmandu Press

मदागस्करमा चक्रवातका कारण छ जनाको मृत्यु

माहानोरो, माघ २३ : समुद्री आँधी बाटसिराई रातको समयमा भारतीय महासागरीय द्वीपमा पुगेको र यसका कारण शनिबार कम्तीमा छ जनाको मृत्यु भएको मदागस्करका...
मदागस्करमा चक्रवातका कारण छ जनाको मृत्यु

माहानोरो, माघ २३ : समुद्री आँधी बाटसिराई रातको समयमा भारतीय महासागरीय द्वीपमा पुगेको र यसका कारण शनिबार कम्तीमा छ जनाको मृत्यु भएको मदागस्करका अधिकारीले बताएका छन्। चक्रवातका कारण झन्डै ४८ हजार विस्थापित भएको प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी गराएको छ।

राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय पाओलो एमिलियो राहोलिनारिभोका जोखिम व्यवस्थापन निर्देशकले एएफपीलाई मृतकहरूको सङ्ख्या र तिनीहरूको स्थानबारे जानकारी गराए पनि थप विवरणबारे जानकारी आउने क्रम जारी रहेको भन्दै तत्काल थप सूचना दिन नसकिने बताए।

भारी वर्षा र आँधीले प्रभावित मानिसहरूको सङ्ख्याको आधिकारिक अद्यावधिक सूचीमा कूल ४७,८८८ मानिसहरू विस्थापित भएको देखाएको छ।

प्रकाशित मिति: २०:४९ बजे, आइतबार, माघ २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्