प्रख्यात गायिका मंगेशकरको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं, माघ २३ : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दर्जनौ...
काठमाडौं, माघ २३ : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दर्जनौ लोकप्रिय नेपाली गीतमा आवाज दिनु भएकी भारतीय गायिका लता मङ्गेशकरको निधनको खबरले दुखी भएको छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’
विश्वप्रसिद्ध गायिका मंगेशकरको आज ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो।
प्रकाशित मिति: २०:४८ बजे, आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

