Kathmandu Press

फरार प्रतिवादी अठार वर्षपछि पक्राउ

कञ्चनपुर, माघ २३ : ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी बेलडाँडी गाउँपालिका–१ का ४२ वर्षीय देव सिंह धामीलाई प्रहरीले अठार वर्षपछि आज पक्राउ गरेको छ।जिल्ला...
फरार प्रतिवादी अठार वर्षपछि पक्राउ

कञ्चनपुर, माघ २३ : ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी बेलडाँडी गाउँपालिका–१ का ४२ वर्षीय देव सिंह धामीलाई प्रहरीले अठार वर्षपछि आज पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार वारदात गरी विसं २०६० साल जेठ १५ गतेदेखि धामी फरार रहेका थिए। दोधारा चाँदनी नगरपालिका–१ मा लुकिछिपी बसेका बेला धामीलाई पक्राउ गरीएको प्रहरी नायब उपरीक्षक शाहले बताए। पक्राउ परेका धामीलाई प्रहरीले आज कञ्चनपुर जिल्ला अदालतमा पेस गरी सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ।

प्रकाशित मिति: २०:३१ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्