समाजवादीका १४ सांसद रहेसम्म संसद् चल्न नसक्ने एमालेको अडान
काठमाडौं, माघ २३ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १४ सांसद रहेसम्म संसद् चल्न नसक्ने अडान राखेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास...
काठमाडौं, माघ २३ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १४ सांसद रहेसम्म संसद् चल्न नसक्ने अडान राखेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार भएको छलफलमा एमाले अध्यक्ष ओलीले अहिले एकीकृत समाजवादी दलको नाममा १४ जना गैरसांसदलाई राखेर संसद् चल्न नसक्ने अडान दोहोर्याएका हुन् ।
यदि १४ सांसद नहटाउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्ने माग पनि ओलीले राख्नुभएको छलफलमा सहभागी एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।
एमालेको अवरोधका कारण सङ्घीय संसद्को बैठक लामो समयदेखि नियमित कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन ।
प्रकाशित मिति: २०:३० बजे, आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

