उपत्यकामा जोरविजोर प्रणाली हट्यो, फागुन १ देखि भौतिक उपस्थितीमा विद्यालय सञ्चालन
उपत्यकाका तीनै जिल्लामा आइतबार राति १२ बजेदेखि जोरविजोर प्रणाली हट्ने भएको हो।
काठमाडौं, माघ २३ : कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न लगाइएको जोर विजोर प्रणाली सोमबारदेखि हट्ने भएको छ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आइतबार सरकार समक्ष गरेको सिफारिस अनुसार उपत्यकाका तीनै जिल्लामा आइतबार राति १२ बजेदेखि जोरविजोर प्रणाली हट्ने भएको हो।
साथै, बैठकले सरकार समक्ष फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न समेत सिफारिस गरेको थियो। जस अनुसार फागुन १ गतेदेखि भौतिक उपस्थितिमै सबै शैक्षिक संस्थाहरु स्कुल, कलेज, ट्युसन सेन्टरहरु सञ्चालनमा आउने भएका छन्।
तर १२ वर्ष पुरा नभएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउने निर्णय भएको छ।
प्रकाशित मिति: १९:४२ बजे, आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

