Kathmandu Press

साउदीले उत्पादन घटाएसँगै तेलको मूल्य वृद्धि

काठमाडौं, भदौ ३० : साउदी अरेबियाले तेल र ग्यास को उत्पादनमा कटौति गरेको छ। जसले गर्दा विश्व बजारमा तेल र ग्यासको मूल्य बृद्धि भएको छ।

साउदी ....

साउदीले उत्पादन घटाएसँगै तेलको मूल्य वृद्धि

काठमाडौं, भदौ ३० : साउदी अरेबियाले तेल र ग्यास को उत्पादनमा कटौति गरेको छ। जसले गर्दा विश्व बजारमा तेल र ग्यासको मूल्य बृद्धि भएको छ।

साउदी अरेबियाका दुई ठूला इन्धन प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको थियो। त्यसपछि साउदी अरबले तेल उत्पादन कटौति गरेको हो। करिब ५० प्रतिशत कटौति भएको जनाएको छ।

Hardik ivf

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा भएका आक्रमणहरु यमनका हुथीले नभई इरानले गरेको आरोप लगाएका छन्। जसले अरब क्षेत्रमा तनाब उत्पन्न भएको छ।

ब्रेन्ट कच्चा तेलको मूल्यमा प्रति ब्यारेल करिब १२ अमेरिकी डलर वृद्धि भएको छ भने डब्लुटिआईमा पनि कच्चा तेल प्रति ब्यारेल करिब १५ प्रतिशत अर्थात् ८ डलर बढेको छ।

इरान समर्थित यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाका दुई वटा तेल प्रशोधन केन्द्रमा ड्रोनबाट आक्रमण गरेको दाबी गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमणकारीको पहिचान भइसकेको र रियादको अनुमति प्राप्त हुनासाथ आक्रमण गरिने बताएका छन्।

प्रकाशित मिति: १४:५९ बजे, सोमबार, भदौ ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्