Kathmandu Press

युवराज चाल्र्स राजा बनेपछि क्यामिला नै रानी बन्ने बेलायती महारानीको भनाइ

लण्डन, माघ २३ : बेलायती महारानी एलिजावेथ द्वितीयाले यसै ग्रीष्म ऋतुका लागि तय गरिएको महत्वपूर्ण हिरक जयन्ती समारोहसँगै ‘परिवार,  मित्रहरू, छिमेकी र समुदायलाई...
युवराज चाल्र्स राजा बनेपछि क्यामिला नै रानी बन्ने बेलायती महारानीको भनाइ

लण्डन, माघ २३ : बेलायती महारानी एलिजावेथ द्वितीयाले यसै ग्रीष्म ऋतुका लागि तय गरिएको महत्वपूर्ण हिरक जयन्ती समारोहसँगै ‘परिवार,  मित्रहरू, छिमेकी र समुदायलाई एकसाथ भेला गर्ने’ आफूले विश्वास लिएको बताएकी छन।

युवराज चाल्र्स राजा बनेपछि उहाँकी पत्नी क्यामिला नै रानी बन्ने महारानीले स्पष्ट पारेकी छन।

गद्दी आरोहणको हिरक उत्सवको अवसरमा शनिबार एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पारेकी हुन। क्यामिला युवराज चाल्र्सकी दोस्रो श्रीमती हुन।

युवराज्ञी डायनाको कार दूर्घटनामा निधन भएपछि युवराज चाल्र्सले प्रेमिका क्यामिलासँग दोस्रो विवाह गरेका थिए। चाल्र्सले विवाह गरे पनि क्यामिला रानी बन्न पाउने नपाउने विषय बेलायती राजनीतिमा बहसको विषय बन्दै आएको छ।

तर महारानी एलिजावेथले युवराज चाल्र्सले गद्दी आरोहण गरेपछि उनीसँंगै गद्दीमा बस्ने अधिकार क्यामिलालाई रहेको भन्दै बहसलाई अन्त्य गरिदिएका हुन।

पन्चानब्बे वसन्त पार गरेकी ९५ महारानी एलिजावेथले लिखित एक सन्देशमा भनेकी छन, 'मेरो छोरा चाल्र्स राजा बनेपछि उनी र उनकी रानी क्यामिलालाई पनि मलाई जस्तै सहयोग र सद्भाव प्राप्त हुने छ भन्नेमा पूर्ण विश्वस्त छु।'

प्रकाशित मिति: १९:२६ बजे, आइतबार, माघ २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्