Kathmandu Press

सिरियालीे जेलमा अझै पनि नाबालकहरूलाई थुनामा राखिएको राष्ट्रसंघद्वारा पुष्टि

बेरुत, माघ २३ : गत महिना इस्लामिक स्टेट समूहले आक्रमण गरेको सिरियाको उत्तरपूर्वी जेलमा नाबालकलाई अझै थुनामा राखिएको संयुक्त राष्ट्रसंघले आइतबार जानकारी गराएको...
सिरियालीे जेलमा अझै पनि नाबालकहरूलाई थुनामा राखिएको राष्ट्रसंघद्वारा पुष्टि

बेरुत, माघ २३ : गत महिना इस्लामिक स्टेट समूहले आक्रमण गरेको सिरियाको उत्तरपूर्वी जेलमा नाबालकलाई अझै थुनामा राखिएको संयुक्त राष्ट्रसंघले आइतबार जानकारी गराएको छ।  

उनीहरुको अवस्थालाई ‘खतरायुक्त’ भन्दै उनीहरूको सुरक्षा तथा मानवीय स्वतन्त्रताका लागि राष्ट्रसंघले विश्व समुदायसँग आग्रह गरेको छ।

Hardik ivf

‘संयुक्त सेभ द चिल्ड्रेन, ह्युमन राइट्स वाच’लगायत अन्तर्राष्ट्रिय अधिकार समूहहरूले जेलको अनुगमनपछि जनवरी २० मा ७०० भन्दा बढी किशोरहरू ग्वयरान जेलमा रहेको यस पहिल्यै बताएका थिए।

हजारौं जिहादी लडाकूहरूलाई रहेको उक्त जेलमा तिनीहरूलाई नजिकैको विस्थापन शिविरबाट स्थानान्तरण गरिएको थियो। त्यहाँ रहेका सयौँ बालबालिकाहरू १२ देखि १८ वर्षमुनिका रहेका र उनीहरूमध्ये केही आफ्ना अभिभावक विना नै पनि त्यहाँ रहेका मानव अधिकार समूहले बताएका छन्।

कति नाबालिगहरू अझै थुनिएका छन् भन्ने निर्दिष्ट नगरिकन संयुक्त राष्ट्रसंघको बाल अधिकार हेर्ने निकायले भनेको छ, 'युनिसेफले अझै पनि ग्वयरान हिरासत केन्द्रमा थुनिएका केही बालबालिकाहरूसँग भेटको र अहिले त्यहाँ केही आधारभूत सेवाहरू स्थापना भए तापनि यी बालबालिकाहरूको अवस्था असाध्यै पीडादायी छ।'

कुर्दिश नेतृत्वको सिरियाली डेमोक्रेटिक फोर्सका फरहद शामीले एएफपीलाई दिएको जानकारीमा ‘सयौं’ नाबालिगहरू अझै पनि ग्वयरानमा राखिएको बताएपनि तथ्याङ्क दिन नसक्ने बताए। उनले भने, 'उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ।

हासाकेह शहरको ग्वयरान जेलबाट आइएस जेल आक्रमण विच्छेदको प्रयासले कुर्दिश–चालित सुविधा भित्र र वरिपरि एक हप्ता द्वन्द्व भएको र सयौंको मृत्यु भएको र यसलाई कुर्दिश नेतृत्वमा रहेका सेनाहरूले पुनः कब्जा गरेको थियो।

सन् २०१९ मा यस समूहको क्षेत्रीय हारपछि सिरियामा यो सबैभन्दा ठूलो जिहादी परिचालन थियो।

प्रकाशित मिति: १९:२२ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्