Kathmandu Press

उपत्यकामा जाेरविजाेर प्रणाली हट्दै, फागुन १ देखि विद्यालय खाेल्न सिसिएसीकाे सिफारिस

काठमाडाैं, माघ २३ : काठमाडाैं उपत्यकामा साेमबारदेखि जाेर विजाेर प्रणाली हटाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सिफारिस गरेको छ।आज बसेको सीसीएमसीसीकाे बैठकले...
उपत्यकामा जाेरविजाेर प्रणाली हट्दै, फागुन १ देखि विद्यालय खाेल्न सिसिएसीकाे सिफारिस

काठमाडाैं, माघ २३ : काठमाडाैं उपत्यकामा साेमबारदेखि जाेर विजाेर प्रणाली हटाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सिफारिस गरेको छ।

आज बसेको सीसीएमसीसीकाे बैठकले उपत्यकामा लागु भएकाे जाेर विजाेर प्रणाली हटाउने तथा  फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सिफारिस गरेको छ।

सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालका अनुसार १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन् भने १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको हो।

साथै फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबारलगायत सञ्चालनका लागि सिफारिस गरेको छ। रात्रिकालिन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ।

प्रकाशित मिति: १८:४१ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्