Kathmandu Press

मन्त्रालयको भागबन्डा टुंगिएसँगै कर्णाली मन्‍त्रिपरिषद विस्तार, शपथ आजै

सुर्खेत, माघ २३ : सत्तारूढ दलहरुबीच मन्त्रालयको भागबन्डा टुंगो लागेसँगै कर्णाली प्रदेशमा मन्‍त्रिपरिषद विस्तार हुने भएको छ।कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मन्त्रालयको भागबन्डा...
मन्त्रालयको भागबन्डा टुंगिएसँगै कर्णाली मन्‍त्रिपरिषद विस्तार, शपथ आजै

सुर्खेत, माघ २३ : सत्तारूढ दलहरुबीच मन्त्रालयको भागबन्डा टुंगो लागेसँगै कर्णाली प्रदेशमा मन्‍त्रिपरिषद विस्तार हुने भएको छ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मन्त्रालयको भागबन्डा मिलेको हो।

नेपाली कांग्रेसले आन्तरिक मामिला तथा कानुन र सामाजिक विकासको जिम्मेवारी  पाउँदा माओवादी केन्द्रको भागमा जलस्रोत तथा उmर्जा विकास र उद्योग, पर्यटन, वन तथा वातावरण परेका छन्। एकीकृत समाजवादीको भागमा भने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय परेको छ।

आज (आइतबार) साँझ पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनाएको छ।

कांग्रेसबाट यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रालय र हिमबहादुर शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउँदैछन्।

माओवादी केन्द्रका गणेश प्रसाद सिंहलाई जलस्रोत तथा उर्जाविकास मन्त्रालय, कार्चेन लामालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइँदैछ। 

त्यसैगरी एकीकृत समाजवादीका पदम रोकायले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने जनाइएको छ।

कर्णालीमा मुख्यमन्त्रीसहित आठ मन्त्रालय छन्। मुख्यमन्त्री जीवनबहादुर शाहीसहित अन्य दुई मन्त्री यसअघि नै नियुक्त भइसकेका छन्। 

प्रकाशित मिति: १८:४१ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्