कानुनमन्त्री र सभामुखबीच भेटवार्ता, एमसिसी सम्झौता टेबुल गर्नेबारे छलफल
काठमाडाैं, माघ २३ : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।उनीहरूबीच आज (आइतबार) सिंहदरबारमा भेटवार्ता...
काठमाडाैं, माघ २३ : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।
उनीहरूबीच आज (आइतबार) सिंहदरबारमा भेटवार्ता भएको हो। भेटका क्रममा अमेरिकी सहयोग परियोजना मिलेनियम कर्पोरेसन कम्प्याक्ट (एमसिसी) सम्झौता अगाडि बढाउने विषयमा छलफल भएको बताइएको छ।
संसद बैठक नियमित गर्ने वातावरण बनाउने र एमसिसी सम्झौता टेबुल गरी छलफल अघि बढाउने विषयमा मन्त्री बडूले सभामुख सापकोटासँग छलफल गरेका हुन्।
यही माघ २६ गते प्रतिनिधिसभाको बैठक बस्दैछ। प्रमुख प्रतिपक्षी दल एमालेले लामो समयदेखि संसद् बैठकमा अवरोद्ध गर्दै आएको छ।
त्यसक्रममा सभामुख सापकोटाले संसद बैठक सुचारू हुने वातावरण बन्नुपर्नेमा जोड दिएके बताइएको छ।
आजै प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा स्थानीय तह चुनाव, एमसिसी, संसद बैठक नियमित गर्नेलगायत अन्य विविध विषयमा छलफल भएको छ।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

