Kathmandu Press

बंगलादेश चीनको ऋणको जालमा परेको छैन : विदेशमन्त्री

ढाका, माघ २३ : बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ ‘ऋणको जाल’ मा परेको दाबीलाई खारेज गरेको सिन्ह्वाले उल्लेख गरेको छ।शनिबार ढाकामा...
बंगलादेश चीनको ऋणको जालमा परेको छैन : विदेशमन्त्री

ढाका, माघ २३ : बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ ‘ऋणको जाल’ मा परेको दाबीलाई खारेज गरेको सिन्ह्वाले उल्लेख गरेको छ।

शनिबार ढाकामा आयोजित एक कार्यक्रममा सहभागी भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मोमेनले बंगलादेशलाई चीनले दिएको ऋण मुलुकको बाह्य ऋणको सानो अंश मात्रै रहेको बताएका छन् ।

सिन्ह्वाका अनुसार मन्त्रीले ‘ऋण जाल चिन्ता’ भनेको चीनको बेल्ट एण्ड रोड इनिसिएटिभलाई ध्वस्त पार्ने र बेइजिङ र ढाका वा यस क्षेत्र र बाहिरका अन्य देशहरू बीचको सहयोगलाई रोक्न गरिएको स्पष्ट प्रयास भएको बताएका छन्।

ऋण जीडीपी अनुपातको सन्दर्भमा मन्त्रीले भने बङ्गलादेशको कुल ऋण १५ प्रतिशत वा लगभग १६ प्रतिशत भन्दा बढी छ। मोमेनले भने  कुनै पनि देशको ऋण कुल गार्हस्थ उत्पादनको झण्डै ४० प्रतिशत हुँदा ऋणमा फसेको भन्ने हुन्छ।

बङ्गलादेशले अहिलेसम्म विश्व बैंक, एसियाली विकास बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषबाट सबैभन्दा बढी ऋण लिएको बताउँदै मोमेनले भने, ‘विदेशी स्रोतबाट लिने हाम्रो कुल ऋणको पाँच प्रतिशत पनि चिनियाँ ऋण पुगेको छैन।

मोमेनले कथित अधिकार दुरुपयोगको आरोपमा देशको र्‍यापिड एक्शन बटालियनका अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको आलोचना गरेपछि यो कदम ‘धेरै दुर्भाग्यपूर्णू र ‘तथ्यमा आधारित नभएको’ भएको भन्दै आएको छ।

प्रकाशित मिति: १७:५० बजे, आइतबार, माघ २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्