Kathmandu Press

सोमालियामा गाडीलाई विद्युतीय धरापमा पारेर १० जनाको हत्या

मोगादिसु, माघ २३ : सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।जनाइएअनुसार शनिबार यहाँ एक...
सोमालियामा गाडीलाई विद्युतीय धरापमा पारेर १० जनाको हत्या

मोगादिसु, माघ २३ : सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।

जनाइएअनुसार शनिबार यहाँ एक सवारीसाधनलाई गुडिरेहका बेलामा विद्युतीय धरापमा पारिएको थियो। त्यसमा परी १० जनाको ज्यान गएको हो।

यहाँका एकजना सैनिक जर्नेलले सोमालियाको दक्षिणी राज्य जुबाल्याण्डमा एक सवारी साधनलाई विद्युतीय धरापमा पारेर हत्या गरिएको बताएका छन्।उनले यसरी मृत्य हुनेमा चार जना महिला र एक बालक पनि परेका छन्। एक भ्यानमा रहेका उनीहरुको सडकमा लुकाएर राखिएको विद्युतीय धरापमा परी विस्फोट हुँदा ज्यान गएको हो।

ती सैनिक जर्नेलले अल सेबाब मिलिसिया समूहका सदस्यले सो हत्या गरेको अनुमान गरिएको छ। तर उनीहरुले भने यसको जिम्मेबारी लिएका छैनन्। सोमालियमा पछिल्ला केही वर्षयता देखि अल सेबाब नामको आतंककारी समूहले यस्तो हिंसात्मक घटनाहरु गराएकाले यसमा पनि उनीहरुकै हात रहेको अनुमान गरिएको ती सैनिक जर्नेलले जनाएका छन्।

प्रकाशित मिति: १७:४३ बजे, आइतबार, माघ २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्