Kathmandu Press

टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण

अंकारा, माघ २३ : टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण भएको छ। टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएका हुन्। उनले आफ्नो कोरोना...
टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण

अंकारा, माघ २३ : टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण भएको छ। टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएका हुन्। 

उनले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको ट्वीट गरेर जानकारी दिएका छन्र। शनिबार ट्वीट गरेर उनले आफूलाई कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनेको संक्रमण भएको पनि बताएका हुन्।

Hardik ivf

उनले आफू र आफ्नो परिवार संक्रमित भएको भन्दै अबका केही समय घरबाटै कार्यालयको काम गर्ने बतारएका छन्। त्यस्तै यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार टर्कीमा पछिल्लो समयमा कोरोनाको ओमिक्रोन भेरियन्ट बढ्दै गएको छ।

यहाँ गत जनवरी महिनाको पहिलो साताको तुलनामा अहिले कोभिड संक्रमण झण्डै दोब्बर भएको बताइएको छ। यहाँ गएका चार दिनदेखि एक लाख जनाभन्दा बढीमा कोभिड संक्रमण देखिएको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १७:३८ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्