एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटारमा
काठमाडौं, माघ २३ : प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि एमाले का अध्यक्ष केपी ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले...
काठमाडौं, माघ २३ : प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि एमाले का अध्यक्ष केपी ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्वप्रधानमन्त्री ओली आज (आइतबार) अपराह्न बालुवाटार पुगेका हुन्।
गत असार २९ गते कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका थिए। सोही दिन नै ओलीले बालुवाटार छाडेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ। सो छलफलका लागि ओली बालुवाटार पुगेका हुन्।
उनीहरुबीच अमेरिकी सहयोग परियोजना ९एमसिसि०, स्थानीय निर्वाचन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको बालुवाटारले जनाएको छ।
यसअघि गत पुस २४ गते प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुगेका थिए। उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री देउवा बालकोट पुगेको करिब एक महिनापछि एमाले अध्यक्ष ओली बालुवाटारमा छलफल गर्न तयार भएको हो। एमालेको अवरोधका कारण संघीय संसद्को बैठक लामो समयदेखि नियमित कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

