Kathmandu Press

काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण

काठमाडाैं, माघ २३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ५ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ४ सय १०,...
काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण

काठमाडाैं, माघ २३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ५ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ४ सय १०, ललतिपुरमा १ सय २४ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभरिमा भने १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यस्तै उपत्यकामा मात्रै कुल २१ हजार ८७९ जना सक्रिय संक्रमित रहेका छन्।

तीमध्ये काठमाडौंमा ९ हजार ८५८, ललितपुरमा ८ हजार ८६१ र भक्तपुरमा ३ हजार १६० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

देशभर आइतबार ४५ हजार २४८ जना संक्रमित रहेका छन्।

प्रकाशित मिति: १७:०३ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्