Kathmandu Press

देशभर थपिए १,३८६ संक्रमित, निकाे हुने ८,७०४ जना, ११ को मृत्यु

काठमाडाैं, माघ २३ : पछिल्लो २४ घन्टामा  १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा...
देशभर थपिए १,३८६ संक्रमित, निकाे हुने ८,७०४ जना, ११ को मृत्यु

काठमाडाैं, माघ २३ : पछिल्लो २४ घन्टामा  १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो। ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८३ र २ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ गरी १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४५ हजार २४८ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: १६:५३ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्