Kathmandu Press

राप्रपा अध्यक्ष लिङ्देन र निवर्तमान अध्यक्ष थापाबीच महाधिवेशनपछि पहिलाेपटक भेटवार्ता

काठमाडाैं, माघ २३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र निवर्तमान अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ।गत मंसिरमा सम्पन्न राप्रपाको एकता...
राप्रपा अध्यक्ष लिङ्देन र निवर्तमान अध्यक्ष थापाबीच महाधिवेशनपछि पहिलाेपटक भेटवार्ता

काठमाडाैं, माघ २३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र निवर्तमान अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ।

गत मंसिरमा सम्पन्न राप्रपाको एकता महाधिवेशनपछि उनीहरूबीच शनिबार भेटघाट तथा संवाद भएको हो। अध्यक्ष थापालाई भेट्न लिङ्देन आज बिहान ११ बजे गएका थिए। थापा निवास बुढानिलकण्ठमा भएको भेटघाटमा करिब एक घन्टा छलफल भएको राप्रपाले जनाएको छ।

अध्यक्षमा पराजित भएपछि थापाले महाधिवेशनमा निर्मल निवासले आफूलाई हराएको आरोप लगाएका थिए। त्यसबारे छानबिन हुनुपर्ने माग पनि उनले लिङ्देनलाई दुईवटा पत्र लेखिसकेका छन्।

थापाले अध्यक्ष बनेका लिङ्देनलाई औपचारिक रूपमा भेट गरेर बधाई तथा शुभकामना दिएका थिएनन्। भेटमा थापाले उठाउँदे आएको विषयमै छलफल भएको र अर्कोपटक भेटेर त्यसबारे फेरि कुरा गर्ने सहमति भएको राप्रपा स्रोतले जनाएको छ।

थापासँग भेट भएको भोलिपल्ट आइतबार (आज) पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त पदाधिकारी एवं विभागीय प्रमुखहरूको पदस्थापन, स्वागत र मनोनयनपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा लिङ्देनले पार्टीमा संवादको अवसथा बनेकाले निराश नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए।

पार्टीले अघि सारेको राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा लोकप्रिय बन्दै गएकाले सानातिना विषयमा नअल्झी राप्रपालाइृ बलियो बनाउनतिर लाग्नुपर्नेमा उनले जोड दिएका थिए।

उनले निवर्तमान अध्यक्ष थापासँगको छलफल सकारात्मक रहेको जानकारी पनि गराएका थिए।  ‘हामी मिल्नुपर्छ भन्ने बाटोमा लागेका छौं, फेरि पनि भेट गर्छौं,’ थापासँग भएको भेटबारे बोल्दै उनले भने।

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्