Kathmandu Press

प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच बालुवाटारमा छलफल सुरु

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न ओली र प्रचण्ड बालुवाटार गएका हुन्।
प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच बालुवाटारमा छलफल सुरु

काठमाडौं, माघ २३ : प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न ओली र प्रचण्ड बालुवाटार गएका हुन्।

उनीहरूबीच स्थानीय तहको निर्वाचन,अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लगायत अन्य विविध विषयमा छलफल हुने जनाइएको छ।

छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेल पनि सहभागी रहेको जनाइएको छ।

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्