Kathmandu Press

उपत्यकाका प्रजिअहरूको बैठक बस्दै, जाेरिबजाेर हटाउने र विद्यालय खाेल्नेबारे छलफल हुने

काठमाडौं, माघ २३ : काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको बैठक आज अपराह्न बस्ने भएकाे छ।आज (आइतबार) अपराह्न ५ बजे बैठक...
उपत्यकाका प्रजिअहरूको बैठक बस्दै, जाेरिबजाेर हटाउने र विद्यालय खाेल्नेबारे छलफल हुने

काठमाडौं, माघ २३ : काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको बैठक आज अपराह्न बस्ने भएकाे छ।

आज (आइतबार) अपराह्न ५ बजे बैठक बस्न लागेको काठमाडौंका प्रजिअ गोविन्दप्रसाद रिजालले बताए। 

उपत्यकामा निजी सवारीसाधनमा लागु जोरबिजोर प्रणाली हटाउने कि कायम राख्ने, भौतिक रूपमा शैक्षिक संस्था खुलाउनेलगायत विषयमा छलफल हुने बताइएको छ। 

सिसिएमसीले ट्याक्सी र निजी सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिसकेको छ। यसैगरी फागुन १ देखि भौतिक रूपमा विद्यालय सञ्चालन गर्न दिन पनि सरकारलाई सिफारिस गरिएको छ। 

प्रकाशित मिति: १५:४८ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्