Kathmandu Press

सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउन सीसीएमसीकाे सिफारिस

काठमाडौं, माघ २३ : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले काठमाडौं उपत्यकामा ट्याक्सी र निजी सवारीसाधनमा कायम जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको...
सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउन सीसीएमसीकाे सिफारिस

काठमाडौं, माघ २३ : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले काठमाडौं उपत्यकामा ट्याक्सी र निजी सवारीसाधनमा कायम जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ।

सीसीएमसीको आज बसेको बैठकले पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको भन्दै जोरबिजोर हटाउन सिफारिस गरेको बताइएको छ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सरकारले माघ ८ गतेदेखि अत्यवश्यकबाहेकका सबैखाले सवारीसाधनमा काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली लागु गरेको थियो।

तर त्यसको चौतर्फी विरोध भएपछि उपत्यकाका तीन जिल्ला प्रशासनले पहिलाको निर्णयलाई संशोधन गर्दै ट्याक्सीबाहेकका सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणल ि हटाएको थियो।    

प्रकाशित मिति: १५:३८ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्