Kathmandu Press

प्रख्यात गायिका मंगेशकरको निधनमा राष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

काठमाडौं, माङ २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन्।विश्वप्रसिद्ध गायिका मंगेशकरको आज ९२ वर्षको उमेरमा निधन...
प्रख्यात गायिका मंगेशकरको निधनमा राष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

काठमाडौं, माङ २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन्।

विश्वप्रसिद्ध गायिका मंगेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको हो। राष्ट्रपतिले मङ्गेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गरेकी छन्र।

राष्ट्रपति भण्डारीले ट्वीट गरेकी छन्, ‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाएकी भारतकी प्रख्यात गायिका लता मंगेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ। असाधारण प्रतिभाकी धनी दिवंगत लता मंगेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली।’ 

प्रकाशित मिति: १५:२७ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्