लताको निधनमा भारतमा दुई दिन शोक बिदा
नयाँ दिल्ली, माघ २३ : प्रसिद्ध गायिका लता मंगेशकरको निधनमा भारतमा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरिएको छ। निधनलगत्तै भारतको केन्द्र सरकारले...
नयाँ दिल्ली, माघ २३ : प्रसिद्ध गायिका लता मंगेशकरको निधनमा भारतमा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरिएको छ। निधनलगत्तै भारतको केन्द्र सरकारले दुई दिन शोक बिदा दिने निर्णय गरेको हो।
९२ वर्षीय मंगेशकरको आइतबार बिहान निधन भएको थियो। उनी कोरोना संक्रमण र निमोनियाबाट पीडित भएपछि एक महिनादेखि अस्पतालमा उपचारथ थिइन्।
‘स्वर कोकिल’को नामले समेत परिचित लताको निधनपछि प्रधानमन्त्री नरेन्द्र मोदीले गोवामा हुने भनिएको भर्चुल र्याली स्थगित गरेका छन्। लतालाई श्रद्धाञ्जली दिन मोदी मुम्बई जाने छन्।
लताकै सम्मानमा भारतीय जनता पार्टीले उत्तर प्रदेशको चुनावको घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ।
लतालाई श्रद्धाञ्जली दिन नेता, सेलेब्रिटीलगायत मुम्बईस्थित उनको घरमै पुगेका छन्।
प्रकाशित मिति: १५:१० बजे, आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

