Kathmandu Press

वर्षाले चितवनमा पनि एक करोड इँटा नष्ट

चितवन, माघ २३ : वर्षाले यहाँका इँटा उद्योगमा एक करोडभन्दा बढी इँटा नष्ट गरेको छ।उद्योगले बनाएका काँचा इँटा पानीले नष्ट गरेको हो। व्यवसायीका अनुसार...
वर्षाले चितवनमा पनि एक करोड इँटा नष्ट

चितवन, माघ २३ : वर्षाले यहाँका इँटा उद्योगमा एक करोडभन्दा बढी इँटा नष्ट गरेको छ।

उद्योगले बनाएका काँचा इँटा पानीले नष्ट गरेको हो। व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँटा पानीले बिगारेर नष्ट गरेको छ।

माटो प्रशोधन गरेर इँट्टा बनाएर पकाउनुअघि पानी परेपछि पुरै नष्ट हुने गर्दछ। काँचो इँटा घाममा सुकाएपछि पकाउन राख्ने गरिन्छ। केही दिन परेको वर्षाका कारण इँटा नोक्सान भएको हो।

चितवन इँट्टा उद्योग संघका अध्यक्ष नारायण सापकोटाका अनुसार जिल्लामा सात उद्योगका इँटा नष्ट भएका हुन्। कोभिड–१९ अघि १८ उद्योग सञ्चालनमा थिए।

अन्य उद्योग कोरोनाका कारण बन्द भएका छन्। सापकोटाको भनाइमा हाल सञ्चालनमा रहेका उद्योगमा सरदर एउटामा १५ लाख काँचो इँट्टा रहेका थिए । पानीले सबै इँट्टा नष्ट भएका छन्। उनले भन्नुभयो, ‘सङ्ख्याको हिसाबले एक करोडभन्दा बढी इँट्टा नष्ट भएका छन्।’ यसबाट करोडौं रुपैयाँ नोक्सानी भएको उनको दाबी छ। 

आफ्नो बिके इँट्टा उद्योगका १५ लाख काँचो इँट्टा नष्ट भएको उनले जानकारी दिए। इँटा उद्योग महासंघका उपाध्यक्षसमेत रहेका सापकोटाले बेमौसमी वर्षाका कारण देशभरका एक हजार ५०० उद्योगमा नोक्सान पुगेको बताए।

उनले भने, ‘आत्मनिर्भर इँट्टा उद्योग कोभिडसँगै बेमौसमी वर्षाले विस्थापित हुने अवस्थामा पुगेका छन्।’ सरकारले समयमै सम्बोधन नगरेमा आत्मनिर्भर यो व्यवसाय विदेशमा निर्भर हुनुपर्ने अवस्था आउने उनको भनाइ छ। 

इँटा पकाउन प्रयोग हुने कोइला बाहेक अन्य कच्चा पदार्थ यहीँ पाइन्छ। केही जनशक्ति भारतबाट ल्याइन्छ। ठूलो सङ्ख्यामा नेपालीले स्वदेशमै रोजगारी पाएका छन्।

पूर्वी चितवनको खैरहनीस्थित लालपुरमा रहेको मनकामना इँट्टा उद्योगमा रहेका १० लाख काँचो इँट्टा नष्ट भएका छन्।

उद्योगका सञ्चालक पुष्प पियाले वर्षाका कारण ठूलो नोक्सानी बेहोर्नु परेको बताए। एक हजार काँचो इँट्टा बनाउन मजदुरलाई मात्रै रु. १ हजार २ सय दिनुपर्ने भन्दै उनले माटो, बालुवालगायत सामग्री खरिद गर्दा ठूलो लगानी हुने बताए।

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्