Kathmandu Press

देउवा, ओली र प्रचण्डबीच आज भेटवार्ता हुँदै

काठमाडौं, माघ २३ : प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज (आइतबार) अपराह्न भेटवार्ता हुने भएको छ।देउवालाई...
देउवा, ओली र प्रचण्डबीच आज भेटवार्ता हुँदै

काठमाडौं, माघ २३ : प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज (आइतबार) अपराह्न भेटवार्ता हुने भएको छ।

देउवालाई भेट्न ओली र प्रचण्ड प्रधानमन्त्री निवास जाने कार्यक्रम तय भएको बालुवाटार स्रोतले जनाएको छ। स्रोतका अनुसार आज अपराह्न ४ बजे बालुवाटारमा भेटवार्ताका लागि समय तय भएको छ।

उक्त भेटका क्रममा स्थानीय तहको निर्वाचन,अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लगायत अन्य विविध विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: १४:०६ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्