Kathmandu Press

सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ कायम

काठमाडौं, माघ २३ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलना बढ्दै प्रतितोला रु. ९२ हजार...
सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ कायम

काठमाडौं, माघ २३ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलना बढ्दै प्रतितोला रु. ९२ हजार ५०० पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु ९२ हजार कायम भएको छ। गत शुक्रबार पनि उक्त सुन प्रतितोला रु ९२ हजार थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि अधिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २५० कायम रहेको महासङ्घले जनाएको छ। 

अन्तरर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८०७ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:५६ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्