Kathmandu Press

निर्वाचनबाट सरकार पन्छिन मिल्दैन : एमाले सचिव अर्याल

बागलुङ, माघ २३ : एमाले सचिव पद्मा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताएकी छन्। प्रेस चौतारी नेपाल बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले आवधिक निर्वाचन...
निर्वाचनबाट सरकार पन्छिन मिल्दैन : एमाले सचिव अर्याल


बागलुङ, माघ २३ : एमाले सचिव पद्मा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताएकी छन्। 

प्रेस चौतारी नेपाल बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्र विरुद्ध हुने बताएकी हुन्। 

उनले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गिरन्। ‘संविधान, कानुनले तोके अनुसार बेलैमा निर्वाचन हुनुपर्छ, स्थानीय तह पदाधिकारीविहीन स्थितिमा रहन सक्दैन, अर्को कुनै संरचनाले स्थानीय तहको अधिकार प्रयोग गर्न सक्ने परिकल्पना संविधानले गरेको छैन,’ नेत्री अर्यालले भनिन्।

उनले संविधानको कार्यान्वयनमा कुनैपनि पक्षबाट आलटाल गरिए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने बताइन्। उनले भनिन्, ‘संविधानअनुसार देश चल्ने हो, हामीले संविधानलाई चलाउने होइन।” 

प्रकाशित मिति: १२:५४ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्