Kathmandu Press

जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमा उद्धार गरिँदै

जुम्ला, माघ २३ : जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरबाट उद्धार गरिने भएको छ। कर्णाली प्रदेश सरकारले उनीहरुको उद्दारका...
जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमा उद्धार गरिँदै

जुम्ला, माघ २३ : जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरबाट उद्धार गरिने भएको छ। कर्णाली प्रदेश सरकारले उनीहरुको उद्दारका लागि हेलिकोप्टर पठाउने तयारी गरेको छ ।

जाजरकोट र जुम्लाको सीमामा गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागिएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए ।

मुख्यमन्त्री शाहीका अनुसार पाँच फिटभन्दा बढी हिउँ परेका हेलिकोप्टर बस्ने सक्ने अवस्था नभएपछि उनीहरुको जीवन रक्षाका लागि तत्काल खानेकुरा पठाउन लािगएको छ। ‘हिउँ पाँच फिट जति परेको सूचना प्राप्त भएको छ, त्यहाँ हेलिकोप्टर बस्न सक्ने अवस्था छैन’, मुख्यमन्त्री शाहीले भने, ‘भोकबाट बचाउन तत्काल उनीहरुका लागि खानेकुरा खसाल्ने तयारी छ ।’

सेतक चिनी (खिरौंला) संकलनका लागि गएका तातोपानी गाउँपालिका–८ जुम्लाको टोप्लागाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओढार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेका छन् ।

स्थानीयका अनुसार हिउँमा फसेका जैकुवाँरा शाही र तातोपानी–७ बाह्रगाउँका मुनबहादुर रावतको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

 

प्रकाशित मिति: १२:१९ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्