अस्ट्रियामा हिमपहिरो, ८ जनाको मृत्यु

भियना, माघ २३ : पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा गएको छ । सो हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको छ ।
शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा हिमपहिरो गएको प्रहरीले जनाएको छ। अस्ट्रिया र स्वीट्जरल्यान्डको सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियन गाइडको मृत्यु भएको बताइएको छ।
अधिकारीहरूले आइतबार थप हिमपहिरो हुने चेतावनी दिएका छन्।
प्रकाशित मिति: ११:३२ बजे, आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












